आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार (अगस्ट ४) बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।
नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो । वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।
उक्त कलेज आईडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्र्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रुपमा उपस्थित थिए । यसैगरी त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा।गंगाराम विश्वकर्मा, वर्ल्ड वाईल्डलाइफ फण्ड नेपालका (WWF) देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, कलेज आइडिया हन्ट २०१९ का विजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा, विद्यार्थीहरु लगायत विभिन्न व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरुमध्येबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।
कलेज आईडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस