Like us!
Follow us!
Connect us!
Watch us!

प्याराग्लाइडिङमा उड्दै पर्यटनमन्त्री शर्माले गरे टुरिजमपानाको विमोचन

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १४ : ४८ मा प्रकाशित

प्याराग्लाइडिङमा उड्दै पर्यटनमन्त्री शर्माले गरे टुरिजमपानाको विमोचन

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् ।  आज पोखरामा टुरिजमपाना मासिक पत्रिकाको विमोचन गर्दै मन्त्री कँणेलले यस्तो बताएका हुन् । 

पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञहरूसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने बताए ।

पर्यटकीय नगरि पोखरामा साहसिक खेल पर्यटनमा धेरै पर्यटकको आकर्षण रहेको भन्दै उनले पोखरामा पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए । साथै उनले पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको पनि बताएका छन् ।

मन्त्री शर्माले प्याराग्लाइडिङमा उड्दै आज टुरिजम पाना मासिक पत्रिकाको विमोचन गरेका हुन् । उनले टुरिजम पाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे । फरक तरिकाले पत्रिकाको विमोचन गर्न पाउँदा आफूलाई ज्यादै खुशी लागेको मन्त्री शर्माले बताए ।

नेपालको पहिलो महिला प्यारा पाइलट तृशा श्रेष्ठले उक्त प्याराग्लाइडिङ उडाएकी थिइन् । श्रेष्ठ नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङसँग आवद्ध छन् ।

नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यले टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको प्रकाशक विष्णुकान्त घिमिरेले बताउँछन् ।

टुरिजमपाना मासिक पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताइन् ।  

कोभिडको १९ को महामारीले ठप्पजस्तै बनेको पर्यटन क्षेत्रलाई विस्तारै पहिलेकै अवस्थामा फर्काउन सबैको पहल आवश्यक रहेको र यसमा सञ्चार क्षेत्रबाट टुरिजमपानाले भूमिका खेल्ने चिमोरियाको भनाइ छ ।

पत्रिकाले पहिलो अंकमा संस्कृति, धार्मिक पर्यटन, साहसिक खेल, पर्वतारोहण, गन्तव्य, यात्रा डायरी, विचार, व्यक्तित्व, पूर्वाधार, घुमफिर, प्रदेश र स्थानीय सरकारले गरेका काम लगायतका विषयवस्तु समेटेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको