Like us!
Follow us!
Connect us!
Watch us!

नमस्ते पेमा लाेयाल्टी पाेइन्ट्स प्रणालीको सुरुवात

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १७ : १८ मा प्रकाशित

नमस्ते पेमा लाेयाल्टी पाेइन्ट्स प्रणालीको सुरुवात

नमस्ते पेले आफ्नाे App मा Loyalty कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ । Namaste Pay को Loyalty Points प्रणाली कुनै प्रयोगकर्ताले Namaste Pay एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले हरेक NPR 100 को खर्चमा, 2 NP Coins/Points पाउनेछन् र प्रत्येक 8 NP Points/Coins को मूल्य NPR 1 हुनेछ ।

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले NP Points सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पे मा उपलब्ध Loyalty Points मा आकर्षक प्रस्तावहरू समावेश छन् जस्तै; NP Coins प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप redeem गर्नसक्ने , विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले  NP Points redeem गर्ने मौका पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको