Like us!
Follow us!
Connect us!
Watch us!

‘नमस्ते पे’ मा पूर्ण केवाईसी अपडेट गर्ने नयाँ प्रयोगकर्तालाई नगद पुरस्कार !

अर्थ संसार

बुधबार, ०३ असोज २०८०, ०८ : ०० मा प्रकाशित

‘नमस्ते पे’ मा पूर्ण केवाईसी अपडेट गर्ने नयाँ प्रयोगकर्तालाई नगद पुरस्कार !

नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ नजिकिँदै गरेका ठूला चाडपर्वलाई लक्षित गर्दै नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियानको घोषणा गरेको छ ।

जसअन्तर्गत नमस्ते पे एप डाउन लोडगरि पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँ प्राप्त गर्नेछन् । यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५, २०८० सम्म लागू हुने नमस्ते पेले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तैआफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्ने छन् । प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर KYC प्रमाणित गर्नु पर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्येकुनै एक हुनु पर्ने छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले प्रारम्भ गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको