Like us!
Follow us!
Connect us!
Watch us!

स्प्लिट बिलको सुविधा नमस्ते पे एपबाट सुचारु

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, १२ : ३९ मा प्रकाशित

स्प्लिट बिलको सुविधा नमस्ते पे एपबाट सुचारु

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मा Split Bill को सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा को फाइदा Android र IOS दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।

साथीभाई र आफन्त संग खाजा खादा होस् या shopping जादा, Namaste Pay को Split Bill सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। QR Scan मार्फत Merchant भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिन्छ।

NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्।  

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको