Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १७ लाख ४१ हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १६ : ४८ मा प्रकाशित

नेप्सेमा १७ लाख ४१ हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे १७ लाख ४१ हजार ८ सय ८४ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

प्राइम बैंक लिमिटेडले गत चैत्र १६ गतेबाट चैत्र ३० गतेसम्म ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता बिक्री गरेकाे थियाे ।

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

62f390f86e391.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको