Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको नाफा १० करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, २६ साउन २०७९, ०६ : ३५ मा प्रकाशित

विजय लघुवित्तको नाफा १० करोड, अन्य अवस्था कस्तो ?

विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ४७ लाख १९ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.२४ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ५० लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ११.७२ प्रतिशतले बढेर ६८ करोड ८९ लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६१ करोड ६४ लाख २७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा घटेर १५ करोड ८१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १९ करोड ५ लाख ३९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ र जगेडा कोषमा २२ करोड ८८ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) घटेर ४.०८ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३२. रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

62f4528597ce2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको