Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको आईपीओमा आवेदनकाे ओइराे, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १७ : ४८ मा प्रकाशित

धौलागिरी लघुवित्तको आईपीओमा आवेदनकाे ओइराे, पर्ने सम्भावना न्यून बन्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । संस्थाकाे आईपीओमा आवेदनकाे ओइराे लागेकाे छ । 

सिडिएसका अनुसार संस्थाकाे आईपीओमा बिहीबार साँझ ५ बजेसम्म १३ लाख ६१ हजार ३ सय ५३ जना लगानीकर्ताहरूले एक अर्ब ५३ करोड १ लाख ६७ हजार रूपैयाँ बराबरकाे एक करोड ५३ लाख १ हजार ६ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको