Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको आईपीओ साेमबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १८ : १३ मा प्रकाशित

अभियान लघुवित्तको आईपीओ साेमबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) साउन ३० गते, साेमबार बाँडफाँड हुने भएकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थाकाे आईपीओ साेमबार बाँडफाँड हुने तयारी गरिएकाे छ । हालसम्म समय र स्थान भने ताेकिएकाे छैन ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे । 

अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको