Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र साउदी अरबस्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १३ : २० मा प्रकाशित

सिटी एक्सप्रेस र साउदी अरबस्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस्” अफर उपहार योजना नोभेम्बर  १, २०२१ देखि ६  महिनाको  लागि सञ्चालन भएको थियो   ।

सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन  जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २ - २ - २ महिना गरी ६ महिनासम्म विद्युतिय लक्की ड्र मार्फत  घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो । 

सोही योजना अनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत ६ वर्षदेखी साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन , Basem B. Madda – टेलिमनी केन्द्र प्रमुख , Abdulelah A. Bin Twalah  – सेल्स म्यानेजर , जीतेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको