नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा 'Together for a Healthy Lifestyle' भन्ने नारासहित “एमबान स्पाेर्टस मिट २०२२” "MBAN Sports Meet 2022" अन्तर्गत मिति २०७९ भाद्र १७ गते विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । सो स्पाेर्टस मिटको उद्घाटन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलको प्राङ्गणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख अतिथ्यतामा नेपाल मर्चेन्ट बैँकर संघका अध्यक्ष मेख बहादुर थापाले स्वागत गरी सम्पन्न भएको थियो ।
साथै सोहि उद्घाटन सत्रको विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपाल ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनाली रहेका थिए ।
यस स्पाेर्टस मिटमा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्गको विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेको थियाे । विभिन्न खेलकुद प्रतियोगिताहरु अन्तर्गत भाद्र १७ गते टेबल टेनिस र ब्याटमिण्टनका विभिन्न विधामा प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्तर्गत भएका खेलहरुमा पुरुष डबल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उपविजेतामा नागरिक लगानी कोष त्यसैगरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहेका थिए ।
सोही दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेता कुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्धार्थ क्यापिटल रहन सफल भएका थिए त्यसै गरी टेबल टेनिस भेट्रान अन्तगर्त भएका प्रतियोगिताहरुमा विजेता र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए ।
उक्त स्पाेर्टस मिट अन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यही मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिम बिच प्रतिस्पर्धा भई सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस