Like us!
Follow us!
Connect us!
Watch us!

वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १४ : ४६ मा प्रकाशित

वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप

वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भए/नभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् ।

नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।

उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई मोडलले ८९ सत्य देखाउने वैज्ञानिकहरुको भनाइ छ ।

यो एप कोभिड पोजिटिभ संक्रमण पहिचान गर्न करिब ८९ प्रतिशत र नेगेटिभ संक्रमणका केस पहिचान गर्न ८३ प्रतिशत सही भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको