Like us!
Follow us!
Connect us!
Watch us!

सनवेमा कजेलको इन्फ्लुएन्सरहरुसँग अन्तरक्रिया

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ११ : ३० मा प्रकाशित

सनवेमा कजेलको इन्फ्लुएन्सरहरुसँग अन्तरक्रिया

काठमाडौंको सनवे कलेजले बुधबार समाजिक सञ्जालमा प्रभाव राख्ने विभिन्न क्षेत्रहरुका व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 'इन्फ्लुएन्सर मिटअप बेटा' नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्र र एजेन्सीबाट करिब ३ दर्जन व्यक्तिहरु उपस्थित भएका थिए । 

कलेजले ती व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र एकअर्काबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । कार्यक्रममा अपेक्षा गरिएभन्दा धेरै जना सहभागी भएको र सफलतापूर्वक सम्पन्न गरिएको कलेजले जानकारी दिएको छ । 

कार्यक्रममा कलेजका विद्यार्थीले विभिन्न प्रस्तुति पनि दिएका  थिए । कार्यक्रममा इन्फ्लुएन्सहरुसँग फोटो खिच्न धेरै बुथहरु पनि राखिएको थियो । प्रसंशकहरुले आफ्ना मन पर्ने इन्फ्लुएन्सहरुका लागि हातले लेखिएको सन्देश र नोटहरु पनि बनाए र त्यसमा आफ्ना भावना, प्रभाव र उनीहरुको जीवनमा ती इन्फ्लुएन्सरले दिएको प्रेरणा पनि उल्लेख गरेका थिए । उपस्थित एन्फ्लुएन्सरको सुरक्षाका लागि नेपाली प्रहरीले सहयोग गरेको थियो । 

कार्यक्रममा इभा गिरी, अश्विन न्यौपाने, ललाना चिमोरिया, बोनिता शर्मा, श्रेणी खतिवडालगायतका विभिन्न इन्फ्लुन्सर र शेरचन कन्सल्टिङ, इलान्स, आइडिए, आडियाजार लगायतका एजेन्सीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको सनवे कलेजले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको