Like us!
Follow us!
Connect us!
Watch us!

‘सरकारको ब्रोकर बिस्तारको निर्णय नेपालको पूँजी बजारको विकासमा ‘ब्रेकथ्रु’ सावित हुने छ’

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १९ : १४ मा प्रकाशित

‘सरकारको ब्रोकर बिस्तारको निर्णय नेपालको पूँजी बजारको विकासमा ‘ब्रेकथ्रु’ सावित हुने छ’

नेपाल ईन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष एबं सक्रिय लगानीकर्ता छोटेलाल रौनियारले सरकारको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा पारित गर्ने निर्णय नेपालको पूँजी बजारको बिकासका लागि ‘ब्रेकथ्रु’ सावित हुने बताएका छन् । 
 
अर्थसंसारसंगको कुराकानीमा रौनियारले भने ‘धितोपत्र बोर्डले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदालाई क्याबिनेटले पारित गरेको छ यसले नेपालको पूँजी बजारको विकासमा अहम् भुमिका निर्वाह गर्ने छ, यो नेपालको पूँजी बजारको विकासको ‘ब्रेकथ्रु’ पनि सावित हुने छ ।’

‘अब यो निर्णयको कार्यन्यवनसंगै नेपालको पूँजी बजारमा सबै क्षेत्रको पहुँच हुनेछ प्राथमिक बजारमा जोडिएका ५२ लाख लगानीकर्ताहरुलाई नै दोस्रो बजारमा प्रवेश गर्ने अवसर प्राप्त हुने छ’ उनले भने ‘यो संगै अब बजारमा सिमित ब्रोकरहरुको सिन्डिकेट पनि तोडिन्छ र हामिसबै लगानीकर्ताहरुले सर्वसुलभ ब्रोकरेज सेवा पाउनै छौ ।’

‘यो निर्णयका लागि सबैभन्दा बढि धन्यवादको पात्र धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल हुनुहुन्छ वहाँमा जुन बजारको विकास र विस्तार गर्ने मोह छ त्यो दिर्घकालिन रुपमा कायम रहोस् र बजारको विकास र विस्तारमा वहाँले चाल्ने हरेक कदममा हाम्रो साथ रहनेछ’ रौनियारले भने ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको