Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले डाक्यो विशेष साधारणसभा, सेयर संरचना परिवर्तन हुने

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०७ : ३९ मा प्रकाशित

मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले डाक्यो विशेष साधारणसभा, सेयर संरचना परिवर्तन हुने

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा असोज ११ गते कुन्डलिनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो ।

सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ । 

कम्पनीले जारी गरेको सूचनाः 

631e91d296e5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको