Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जरको प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०६ : १५ मा प्रकाशित

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जरको प्रस्ताव पारित हुने

सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको बिषेश साधारणसभा आज सम्पन्न हुँदैछ । सानिमा जनरलको सभा कुन्डलिनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ भने जनरल इन्स्योन्सको सभा अमृतभोग कालिकास्थान काठमांडौमा बिहान ११ बजेबाट नै सुरु हुने छ ।

सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने (मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै दुबै कम्पनीको सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको