Like us!
Follow us!
Connect us!
Watch us!

‘एम. अधिकारी को हो म चिन्दिन, खोज्नेलाई टर्चको ब्याट्री किनिदिन्छु’- केपी ओली

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०८ : ४९ मा प्रकाशित

‘एम. अधिकारी को हो म चिन्दिन, खोज्नेलाई टर्चको ब्याट्री किनिदिन्छु’- केपी ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एम.अधिकारीलाई आँफुले नचिन्ने भन्दै एम. अधिकारी खोज्नेलाई टर्चको ब्याट्री किनिदिने बताएका छन् । कान्तिपुर कन्क्लेभको अन्तर संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘खोजे हुन्छ एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु, एम.अधिकारी को हो, म पनि जान्दिनँ,’ उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने बताए । ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमितता लुकाउनका लागि एमालेको अर्थ विभागका एम। अधिकारीको प्रसंग सत्तापक्षले झिकेको आरोप लगाए । 

एमालले विभागमा एम अधिकारी नामको व्यक्तिको परिचय अहिलेसम्म पनि दिन सकेको छैन । बरु एमालेले खोटाङ ठेगाना भएको एम अधिकारी नामको खोजी सवत्र सुरू गर्यो । ३ दिनपछि खोटाङ घर भएर विराटनगर बस्ने चार्टर एकान्टेण्ड मनोज अधिकारी नै एम अधिकारी हुन् भनी प्रचारमा ल्यायो । 

एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य रहेको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम। अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्य थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको