Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकका ग्राहकले टीभी र वर्ल्डलिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १६ : १३ मा प्रकाशित

माछापुच्छ्रे बैंकका ग्राहकले टीभी र वर्ल्डलिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने

माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक NITV Streamz Private Limited र Worldlink Communications Ltd बीच त्रिपक्षिय सम्झौता भएको छ  ।

उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communications Ltd  को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको Instapay सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सकिने ब्यवस्था गरिएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited  र Worldlink Communications Ltd  ले सञ्चालन गरेको FESTVTY Offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा Worldlink Communications Ltd र NITV Streamz Private Limited  को नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको