Like us!
Follow us!
Connect us!
Watch us!

सबैकाे फाेनमा एउटै म्यासेज : आखिर के हो एमडीएमएस ?

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १४ : २० मा प्रकाशित

सबैकाे फाेनमा एउटै म्यासेज : आखिर के हो एमडीएमएस ?

नेपाल दुरसञ्चार पाधिकरणले आज भदाै ३० गते, बिहीबारदेखि नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ । आज सबैकाे माेबाइलमा एउटै म्यासेज आइरहेकाे छ, "याे माेबाईल MDMS प्रणालीमा दर्ता भएकाे छ । - नेपाल दुरसञ्चार पाधिकरण "

आज अर्थात् ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्नेछ । अर्थात एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।  

यही कारण प्राधिकरणले आज पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयात गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।  

के हो एमडीएमएस ? 

मोबाइलको ह्यान्डसेटलाई व्यवस्थित गर्ने प्रविधिलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भनिन्छ । यसले नेपालमा भित्रिएका वैधानिक अवैधानिक मोबाइल सेटहरूको पहिचाहन प्रदान गर्दछ । नेपालमा भित्रिएका मोबाइल सेटहरूको रेकर्ड राखि राजस्व छली गर्ने, मोबाइल हराउने र चोरी हुने क्रमलाई रोक्न मद्धत गर्दछ । यसले मोबाइल सेटहरूको परिचय दिने आइएमआई नम्बर दर्ता गरी ह्याण्डसेट मोबाइलहरूको जानकारी दिने गर्दछ ।

यस सिस्टममा १० करोड आईएमआई नम्बर दर्ता हुनेछन् र यसैका आधारमा तीन सूची निर्माण गरी ह्वाइटलिस्ट, ग्रेलिस्ट र ब्ल्याकलिस्टमा ह्यान्डसेट मोबाइलको वैधानिकता निर्धारण गर्नेछ । ह्वाइटलिस्टका सेटहरू प्रयोग गर्न पाइने वैधानिक मानिन्छन् भने ब्ल्याकलिस्टमा हराएका, चोरी भएका, उजुरी परेर छानबिन हुँदै गरेका अवैध नम्बर र शंकास्पद नम्बर ग्रेलिस्टमा राखिने प्राधिकरणले जनाएको छ ।

नेपालमा एमडीएमएस प्रणाली लागु भएको खण्डमा चोरीपैठारीबाट आउने र कर नतिरी आउने क्रम कम हुने हुनाले सरकारको राजस्वलाई फाइदा हुने व्यवसायीहरूले बताउँदै आएका छन्।

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको