Like us!
Follow us!
Connect us!
Watch us!

एमडीएमएस लागु गर्न सरकारसँग मोबाइल वितरक संघको माग (विज्ञप्तिसहित)

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १६ : ०४ मा प्रकाशित

एमडीएमएस लागु गर्न सरकारसँग मोबाइल वितरक संघको माग (विज्ञप्तिसहित)

नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली लागू गर्न माग गरेको छ ।  आज काठमाडौँको लैनचौरस्थित् मल्ल होटलमा पत्रकार सम्मेलन गर्दै सरकारसँग संघले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली लागू गर्न माग गरेको हो ।

संघले सरकारद्वारा अवैध कारोबारमा संलग्न माफियाहरुलाई संरक्षण गर्न एमडीएमएस प्रणाली खारेज गरिएको आरोपसमेत लगाएको छ । विदेशमा बस्ने नेपाली नागरिकको हित संरक्षण गर्ने नाममा मोबाइल व्यवसायीलाई विस्थापित गराउने षड्यन्त्र रचिएको संघको भनाइ छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारबाट विदेशमा बस्ने नेपाली नागरिकको हित संरक्षण गर्ने नाममा आएको निर्णयले मोबाइल व्यवसायीलाई विस्थापित गराउने, राज्यको अर्बौं राजस्व गुम्ने र अवैध कारोबारमा संलग्न माफियाहरुले प्रश्रय पाउने देखिन्छ ।’

एमडीएमए प्रणालि विदेशबाट भित्रिएको फोनको रेकर्ड राख्ने प्रणालि हुनाले वैदेशिक तथा अन्य शिलशिलामा गएका नेपालिले ल्याउने तथा पठाउने फोनमा एमडीएमए लागु गर्नुपर्ने कुरामा संघले जोड दिएको छ । संघले विदेशमा रहेका नेपाली नागरिकलाई भन्सार छुट तथा निशुल्क दर्ता गर्न पाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस १५ गतेदेखि एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको