Like us!
Follow us!
Connect us!
Watch us!

युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हट एयर बलुन पुनः सञ्चालनमा

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १४ : १४ मा प्रकाशित

युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हट एयर बलुन पुनः सञ्चालनमा

पोखरामा हट एयर बलुन अक्टोबर १ (असोज १५) देखि पुनः सञ्चालनमा ल्याउने गरि तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न  युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।

‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उनी भन्छन् ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामिले युरोपबाट बोलाउनु परेको हो ।’

बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ ।  उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए ।

बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको