Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०८ : ५९ मा प्रकाशित

नेपाल ल्युब आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्युब आयल निगमले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ ।साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने भएको छ । त्यसैले आज असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभाश पाउने छन् ।  

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । 

कम्पनीको सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने,  वित्तीय विवरणहरु पारित गर्ने, लाभांश स्वीकृति गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको