Like us!
Follow us!
Connect us!
Watch us!

उद्धार र राहतमा प्राथमिकता दिन सरकारसँग सांसदहरुको आग्रह

मंगलबार, ३१ साउन २०७४, १८ : ०५ मा प्रकाशित

उद्धार र राहतमा प्राथमिकता दिन सरकारसँग सांसदहरुको आग्रह

अर्थ संसार, काठमाडौँ–व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसद्हरुले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँहरुले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गर्नुभयो ।

नेपाली काँग्रेसका महेश आचार्यले सरकारले बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता दिनुपर्ने र यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारका भ्रमण, गोष्ठी जस्ता कार्यक्रमका खर्च कटौती गरेर पीडितलाई सहयोग गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का रेखा शर्माले विपत्तिका बेलामा सत्ता पक्ष र विपक्ष सबै मिलेर राहत, उद्धार र पुनःस्थापनाका कामका खट्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्शुराम तामाङ, राष्ट्रिय जनता पार्टीका डा डिम्पलकुमारी झा, सांसद् लालबाबु राउत, योगेन्द्र चौधरी, शिवचन्द्र चौधरी, अनुराधा थापामगर, दुर्गा पौडेल, मिलनकुमारी राजवंशी, हरिचरण शाह, राधेश्याम अधिकारी, दीपक गिरी, हरिलाल ज्ञवाली, गीता राणा क्षेत्री, महेन्द्र राय यादव, शिवजी यादव, नागेन्द्रकुमार कुमाल, किरण यादव, सुरेन्द्रप्रसाद जैसवाल, जंगीलाल राय, विश्वेन्द्र पासवान र लक्ष्मीकुमारी चौधरीले वर्षा र बाढी प्रभावित जनतालाई शीघ्र राहत बाँड्न र पुनःस्थापना गर्न आग्रह गर्नुभयो ।

आजको बैठकको कार्यसूचीमा सोही विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव रहेकाले विशेष समयमा त्यही विषय नलम्ब्याउन नेकपा एमालेका सांसद्हरुले माग गरेपछि सभामुख ओनसरी घर्तीले सांसदहरुले बोल्ने क्रम छोट्याउनुभएको थियो । तर सत्तापक्ष नेपाली काँग्रेसका सांसदहरुले विशेष समयमा थप केही सांसदले बोल्न नाम लेखाएकाले बोल्न पाउनुपर्ने माग गरेर अवरोध गरेपछि बैठक आजै १५ मिनेटका लागि स्थगन गरिएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको