Like us!
Follow us!
Connect us!
Watch us!

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, २० : ५७ मा प्रकाशित

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुलाई लक्षित गरी २०८२ फागून ६ गते, बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका श्रोत ब्यक्ति पुँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा प्रकाश पारेका थिए । काठमाडौको गोङ्गबुमा रहेको बि.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टरमा सञ्चालन भएको उक्त कार्यक्रममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।

यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानीकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रम सञ्चालक रविन महतले बताए । निकट भविष्यमा सेयर शिक्षा सम्बन्धी थप कार्यक्रम समेत गर्ने लक्ष्य लिएको अध्यक्ष प्रदिप के.सी.ले बताए ।

यस ब्रोकरले काठमाण्डौको बुद्धनगर स्थित मुख्य कार्यालय र शाखा कार्यालय मिलनचोक, बुटवलबाट डिम्याट, तथा टिएमएस खाता खोली कारोवार गर्ने सुविधा प्रदान गर्दै आइरहेको छ । नियमित रुपमा शेयरबजार सम्बन्धी शिक्षा प्रदान गर्न यस कम्पनीले हरेक शुक्रवार जुम मार्फत साँझ ७ बजे साप्ताहिक शेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको