राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी 'वाचापत्र' सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक विशेष आमसभामा पार्टीका शीर्ष नेतृत्वले उक्त वाचापत्र सार्वजनिक गरेका हुन्।
रास्वपाले आफ्नो वाचापत्रमार्फत नेपालको परम्परागत आर्थिक ढाँचालाई पूर्ण रूपमा रूपान्तरण गर्ने सङ्कल्प अघि सारेको छ। प्रविधि, आन्तरिक उत्पादन र स्वदेशमै रोजगारी सिर्जनालाई मुख्य आधार मान्दै पार्टीले द्रुत आर्थिक विकासको एजेन्डालाई प्राथमिकता दिएको छ।
यस्ता छन् वाचापत्रका मुख्य विषय
-समष्टिगत अर्थतन्त्र: १०० अर्ब डलरको जीडीपी र ३००० डलर प्रतिव्यक्ति आय
- सूचना प्रविधि: १० वर्षमा ३० अर्ब डलर निर्यात र ५ लाख रोजगारी
- ऊर्जा क्षेत्र: ३०,००० मेगावाट उत्पादन र खपत वृद्धि
-कर प्रणाली र लगानीमैत्री वातावरणमा सुधार
- सुशासन र खर्च कटौती: १८ मन्त्रालय र सम्पत्ति छानबिन
- वित्तीय क्षेत्र, सहकारी र ‘मिटरब्याज’ समाधान
-पर्यटन र पूर्वाधार: खर्च दोब्बर बनाउने लक्ष्य
- विदेशी लगानी र गैरआवासीय नेपाली
p>
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस