नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चादीको मूल्य ४ हजार ८८५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस