Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले बोलायो साधारणसभा, सेयरधनीको हात खाली

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, ११ : ३९ मा प्रकाशित

ज्योति विकास बैंकले बोलायो साधारणसभा, सेयरधनीको हात खाली

ज्योति विकास बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको हो । 

कम्पनीको १८ औँ वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सुरु हुने छ । बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ। साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ ।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज (सेयर दाखिल खारेज) गर्ने निर्णय निर्णय गरेको छ । बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको