नेपाली बजारमा आज सुनको मूल्यमा फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो ।
आज मात्रै सुन मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४३० रुपैयाँले बढेर तोलाको ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस