Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको मज्जा लिनुहोस् यी चलचित्रहरूबाट

अर्थ संसार

शनिबार, १५ असोज २०७९, १५ : २१ मा प्रकाशित

सेयर बजारको मज्जा लिनुहोस् यी चलचित्रहरूबाट

दशैंको समय छ ,  सेयर बजारमा रुचि राख्नेहरुका लागि ज्ञान आर्जनको महत्वपुर्ण समय बन्न सक्छ ।अहिले नेपालमा सेयर बजारले लगानीकर्तालाइ आकर्षित गरिरहेकोछ । कतिपय नयाँ लगानीकर्ताहरुले बजारका आधारभूत पक्षहरुका बारेमा ज्ञान नपाउँदा नोक्सानी व्यहोर्न परिरहेको देखिन्छ ।

सेयर बजारका बारेमा अहिले बजारमा बिभिन्न लेखकका पुस्तकहरु पनि प्रसस्त उपलब्ध छन् । साथै अहिलेसम्मको अवस्थामा आइपुग्दा बिश्वमा सेयर बजारलाई नै मुख्य बिषयबस्तु बनाएर धेरै संख्यामा फिल्महरु र्निमाण भइसकेका छन् । पुस्तक पढेरभन्दा आम मानिसहरुले फिल्म हेरेर त्यसको बिषयबस्तुका बारेमा बढी ज्ञान हासिल गर्न सक्दछन् ।

अझ भन्नु पर्दा मानिसले कुनै पनि बिषयबस्तुका बारेमा बढेरभन्दा बढी हेरेर बुझ्न सक्छन् । तपाई सेयर बजारमा प्रबेश गर्न चाहानुहुन्छ भने तपाइले सबैभन्दा पहिला सेयर बजारका बारेमा आधारभुत ज्ञान हासिल गर्नु जरुरी हुन्छ । यदि तपाइँ सेयर बजारका आधारभूत पक्षको ज्ञानबिना बजारमा प्रबेश गर्नुभयो भने तपाइँको व्यबसायिक यात्रालाई नोक्सान गर्दछ ।

अहिले बिश्वमा सेयर बजारमा आधारित रहेर धेरै फिल्महरु र्निमाण भएका छन् । केहि फिल्महरु 

१.गफला: हिन्दी भाषामक बनेका बिभिन्न सेयर सम्बन्धी चलचित्रहरुमध्ये यो फिल्म दर्शकद्वारा अत्याधिक मन पराइएको फिल्म हो, जुन भारतीय सेयर कारोबारी हर्सद मेहताको ४०२५ करोड रुपैयाँ घोटलासँग सम्बन्धित छ ।

फिल्ममा सुवोध नामको एक सामान्य, महत्वकांक्षी,मध्यमवर्गिय एक युवक हुन्छ । जसलाई अगाडि बढ्ने सीमित अवसरहरु हुन्छन् । यस फिल्ममा यही युवकको सेयर बजारको यात्रालाई देखाइएको छ । सेयर बजारमा कारोबार गर्दै जाँदा उ एकदिन बजारको ठूलो खेलाडी बन्न पुग्छ र उसले त्यसैको आडमा ठूलो घोटला गर्दछ ।

आम दर्शकलाई यो फिल्मले सिकाउने मुख्य पाठ भनेको पैसा कमाउन बजारमा अपनाइने रणनीतिबाट कोही पनी सन्तुष्ट छैनन् । सेयर बजारमा अनिष्चितता सधै कायमै रहन्छ । कसैलाइ पनि सेयर बजारका बारेमा सम्पूर्ण जानकारी हुँदैन । लगानीकर्ताहरुले जतिबेला पनि मनग्य कमाउन पनि सक्छन् । भने जुनबेलामा पनि गुमाउन सक्छन् । त्यसकारण बजारमा लगानी गर्दा एकैपटक आफूसँग भएको सबै रकम लगानी गर्नु हुदैन भन्ने सन्देश दिएको छ ।

फिल्ममा सोमेश अग्रवाल,अंकुश चोवे र निशिकान्त दीक्षितले मुख्य भुमिका निर्वाह गरेका छन् ।
 

 


२. बजार:फिल्म सन् २०१८ मा बनेको हिन्दी भाषाको फिल्म हो । यो फिल्म भारतमा एकदमै लोकप्रिय हुनुको साथै व्यवसायिक रुपमा पनि सफल मानिन्छ ।

यो फिल्मको कथा एक सानो सहरको केटा रिजवान अहमदको सेयरबजार यात्रामा आधारित छ, जो जिवनमा एकदमै ठूलो मान्छे बन्न चाहन्छ र आफ्नो आदर्श व्यक्ति शकुन कोठारसँग काम गर्न चाहन्छ ।

फिल्ममा सेयर बजार, भित्री व्यापार, सत्रुतापूर्ण कब्जा,भ्रष्चार आदी पक्षहरु देखाइएको छ यो फिल्मले सेयर कारोबार गर्दा बजारको अबैध कारोबारबाट टाढा रहनुपर्ने र पैसाको बिषयमा कसैलाई आँखा चिम्लियर बिश्वास गर्नु हुदैन भन्ने शन्देश दिएको छ ।

फिल्ममा सैफ अलि खान,रोहन मेहरा,राधिका आप्टे, चित्रांगदा सिंह,रद्धैया कहेंद्रले मुख्य भूमिका र्निवाह गरेका छन् ।


३.Scam 1992 : सन् २०२० मा बनेको सेयर बजारमा आधारित हिन्दि भाषको वेब सिरिज हो । यो पहिलो सिजनको वेब सिरिजमा जम्मा १० भागहरुको रहेका छन् ।

यो वेब सिरिज हर्सद मेहताको जिवनमा आधारित छ जसलाई बम्बे स्टक एक्सचेन्जका अमिताभ बच्चन भनेर चिनिन्थ्यो । हर्सद मेहताको सेयर बजार यात्रा र उनले गरेको भारतकै चर्चित काण्ड स्क्याम १९९२ मा आधारित भएर यो वेब सिरिजको र्निमाण गरिएको हो । 

यसबाट सेयर बजार बुझ्न र जान्न चाँहानेहरुले सेयर बजारका ठुला खेलाडीहरुले बजारलाई कसरी प्रभावित गर्न सक्छन् सेयरमा कसरी चलखेल हुन्छ र भारतको मात्र नभएरै बिश्वकै बहुचर्चित काण्ड स्क्याम १९९२ का बारेमा पनि जानकारी प्राप्त गर्न सकिन्छ । यो वेब सिरिज अमेजोन प्राइममा हेर्न सकिन्छ । 

वेब सिजिमा प्रतिक गान्धि,श्रया धनवनथरी,अन्जली वरोट र कवीण दबेले मुख्य भुमिका र्निवाह गरेका छन् ।

 

 


४. द बिग बुल :सन् २०२१ मा रिलिज भएको हिन्दि फिल्म द बिग बसल पनि भारतिय प्रख्यात सेयर कारोबारी हर्सद मेहताको जीवनमा आधारित छ । हर्सद मेहताकै कारण सन् १९९० को दशमा भारतिय सेयर बजारमा ठुलो हलचलनै मच्चिएको थियो । उनको घोटालाका कारण भारतिय सेयर बजार डामाडोल जस्तै भएको थियो । जसका कारण लाखौ मानिसले सेयरबजारमा अर्बौ रुपैयाँ डुबाउन पुगेका थिए । 

उनले गरेको यहि घोटालामा केन्द्रित रहेर यो फिल्म बनेको हो । यो फिल्ममा सन् १९९० देखि २००० को बिचमा भारतिय सेयर बजारमा भएका वास्तविक घटनाहरुलाई देखाइएको छ ।  यो फिल्म हेरेपछि दर्शकले त्यो बहुचर्चित १९९२ को घोटलाका बारेमा जानकारी प्राप्त गर्ने छन् । 

फिल्मको र्निदेशन कुकी गलाटीले गरेका हसने भने अभिषेक बच्चन, निकिता दत्ता,सोहम साह र इलिनिया डिक्रुजको मूख्य भुमिका रहेको छ । 

 

५. द वुल्फ़ अफ वल स्ट्रिट 

 मार्टिन स्कोरसे द्वारा निर्देशित र टेरेन्स विन्टर द्वारा लिखित, जोर्डन बेलफोर्ट द्वारा २००७ को समान नामको संस्मरणमा आधारित २०१३ को अमेरिकी जीवनी ब्ल्याक कमेडी अपराध फिल्म हो। यसले न्यूयोर्क शहरमा स्टक ब्रोकरको रूपमा आफ्नो क्यारियरको बारेमा बेलफोर्टको परिप्रेक्ष्य र कसरी उनको फर्म, स्ट्र्याटन ओकमोन्ट, वाल स्ट्रिटमा व्यापक भ्रष्टाचार र धोखाधडीमा संलग्न भएको बताउँछ, जसले अन्ततः उसको पतन निम्त्यायो। लियोनार्डो डिक्याप्रियो, जो फिल्मका निर्माता पनि थिए, बेलफोर्टको भूमिकामा, जोना हिलसँग उनको व्यवसायिक साझेदार र साथीको रूपमा, डोनी एजोफ, मार्गोट रोबी उनकी पत्नी, नाओमी लापाग्लिया, र काइल चान्डलर एफबीआई एजेन्ट प्याट्रिक डेनहमको रूपमा देखिएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको