Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओरालो यात्रामा, बैंक र उत्पादन समूह बढ्दा घटे अरू सूचक

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १५ : १० मा प्रकाशित

सेयर बजार ओरालो यात्रामा, बैंक र उत्पादन समूह बढ्दा घटे अरू सूचक

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेकाे छ । नेप्से ०.५२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेकाे छ ।

कूल २२१ वटा कम्पनीकाे २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ८० करोड ३५ लाख २५ हजार ५ सय ३३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये वाणिज्य बैंक र उत्पादन तथा प्रशाेषन बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आइतबार एभरेष्ट बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ४७ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३४ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ५५ रूपैयाँ ७० पैसामा झरेकाे छ । दाेश्राे बजारमा कम्पनीकाे काराेबार आजैबाट मात्र सुरू भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको