Like us!
Follow us!
Connect us!
Watch us!

'मैले कतैबाट आर्थिक लाभ लिएको भए काभ्रेको चार दोबाटोमा झुण्डेर मर्न तयार छु'

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, १२ : २२ मा प्रकाशित

सेयर लगानीकर्ता दिनेश हुमागाईँ यतिबेला राजनीतिक दौडधुपमा छन् । उनी आसन्न निर्वाचनमा काभ्रे जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेद्वार छन् । उनी रवि लामिछाने अध्यक्ष रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै चुनाव लड्न लागेका हुन् । अर्थ संसार विशेषको यस शृङ्खलामा हामीले उनै लगाानीकर्ता हुमागाईँसँग उनको चुनावी अभियान साथसाथै सेयर बजारको बारेमा कुराकानी गरेका छौँ । 

आफू सानै उमेरदेखि नै कसैले अन्याय अत्याचार गर्यो भने त्यसको विरूद्धमा बोल्ने स्वभाव भएको व्यक्ति रहेको उनी बताउँछन् । विद्यार्थी कालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालको विद्यार्थी राजनितिको पनि माथिल्लो पोस्टहरूमा पुगेर काम गरिसकेका छन् ।  आफूले पनि लगानी गर्दै आएको सेयर बजारमा नेपालको परिवेशमा विभिन्न विसङ्गती र विकृती, मोनोपोली, सिन्डिकेट लगायतका विषयमा आफूले आवाज उठाउँदै आएको उनी बताउँछन् । सेयर बजारको पछिल्लो विकासमा आफ्नो पनि योगदान रहेको उनले बताए  । राजनीतिले समग्र क्षेत्रलाई ड्राइभ गर्ने हुँदा सेयर बजार पनि त्यसबाट अछुतो रहन नसक्ने उनको तर्क छ ।

आफूले अहिले राजनीतिमा हात हाल्नुको मुख्य उद्देश्य देशको दयनीय अवस्था रहेको भन्दै उनी भन्छन्, "देशको अवस्था देखेर म कतिपल्ट ढोकामा चुक्कुल लगाएर रोएको पनि छु ।" पछिल्लो समयमा जताततै भाँडभैलो, विकृती र विसङ्गती रहेको र जनताले दुख पाउनेबाहेकका केही पनि काम नभएको राज्य संयन्त्रचाहीँ खाली लुट्नकै लागि मात्र रहेको अवस्थामा समग्र पार्टी प्रणालीमा नयाँ व्यक्तिहरूको खाँचो रहेको उनले बताएका छन् । अहिले राज्यमा हुनेहरूले जनतालाई भेडा बाख्राको रूपमा व्यवहार गरेका उनको तर्क छ । डनबहादुर र धनबहादुर निकै हावी भएका उनी बताउँछन् । यी सबैकुराबाट आफूभित्र यस किसिमको विद्रोह पैदा भएर आफूले जन्मिएको ठाउँमा आफूले केही गर्नैपर्छ भन्ने उद्देश्यसहित अहिले आफू उम्मेद्वार भएको उनले प्रष्ट पारे । 

आफू अवसरवादी जसरी त्यहाँ चुनाव लड्न नगएकोमा पहिल्यै प्रष्ट पार्छन् उनी । आफूलाई दुई छाक राम्ररी खान पुग्नेगरी, सेयर बजारको उतार चढावका बीचमा पनि वार्षिक रूपमा राम्ररी रिटर्न दिने कम्पनीहरूको लगानी गरी राम्ररी पोर्टफोलियो व्यवस्थापक गरेर मात्रै चुनावी अभियानमा प्रवेश गरेको उनले बताए । 

आफू अवसरवादी जसरी त्यहाँ चुनाव लड्न नगएकोमा पहिल्यै प्रष्ट पार्छन् उनी । आफूलाई दुई छाक राम्ररी खान पुग्नेगरी, सेयर बजारको उतार चढावका बीचमा पनि वार्षिक रूपमा राम्ररी रिटर्न दिने कम्पनीहरूको लगानी गरी राम्ररी पोर्टफोलियो व्यवस्थापक गरेर मात्रै चुनावी अभियानमा प्रवेश गरेको उनले बताए । काभ्रे जस्तो उर्वर भूमी भएका ठाउँको किसानहरूले पनि बिचौलियाका कारण आफ्नो मेहेनत अनुसारको फल पाउन नसकेकोमा उनको दुखेसो छ । आफू कुनै अवसरका लागि नभएर त्यहाँको फोहोर सोर्न गएको उनी बताउँछन् । जनताले बोलाएर जनताको मन जिती सुखदुखको साथी भन्न आफू त्यहाँ गएको उनले बताए ।

मेरो नाउँमा कतैबाट ७ रूपैयाँमात्र लिएर खाएको भए काभ्रेको चार दोबाटोमा झुण्डेर मर्न तयार छु

पहिला अन्य पार्टीबाट राजनीति गरिसकेका उनलाई जनताबाट नयाँ बोतलमा पुरानै रक्सी भन्ने आरोप लाग्ला नी भन्ने हाम्रो प्रश्नमा उनले यसरी उत्तर दिए, "जनताले यो प्रश्न गर्न पाउँछन् गर्नुपनि पर्छ तर म जुन रूपमा पुरानो पार्टीमा संस्थामा आवद्ध रहेँ काम गरेर आएँ मैले त्यहाँबाट राजनीति सिकेँ मैले त्यहाँबाट कुनै आर्थिक लाभ, आर्थिक पैसा कहीँबाट केही लिएको भेटियो भने अरूले त ७० करोडको टेप रेकर्ड नै आउँदाखेरी पनि के भन्छन् थाहाछैन जनताले कुन रूपमा लिएका छन् उहाँहरूको मन मस्तिष्कमा छ मेरो नाउँमा कहीँ कहिल्यै सात रूपैयाँमात्रै कतैबाट लिएर खाएको छ भने म काभ्रेको सेन्टर पोइन्ट बनेपाको चार दोबाटोमा झुण्डिएर मर्न तयार छु र मलाई मारे हुन्छ । आगामी दिनमा मलाई पुरा विश्वास छ हामी अत्याधिक मतले जित्छौँ र हामी अत्याधिक मतले जित्दै गर्दा खेरी पनि मलाई काहीँ भष्ट्राचार गरेको केही भेटाइयो भने मलाई जनताले ठाउँको ठाउँको कारबाही गरे हुन्छ म तयार छु ।"

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको