Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट फण्ड ल्याउन लागिपरेका छौँ, राष्ट्र बैंक सहयोगी बन्नुपर्छः अध्यक्ष नबिल बैंक

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १४ : १५ मा प्रकाशित

विदेशबाट फण्ड ल्याउन लागिपरेका छौँ, राष्ट्र बैंक सहयोगी बन्नुपर्छः अध्यक्ष नबिल बैंक

नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो नराम्रो अवस्थामा नरहेको बताएका छन् । बिहीबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया तथा बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, "हामीले नाकाबन्दी, भूकम्प, माओवादी, शसस्त्र द्वन्द जस्ता कुराहरूलाई झेल्यौँ र त्यहाँबाट बाहिर निस्केर प्रगतीको पथमा लाग्यौँ । भोलिका दिनमा पनि अहिलेको अवस्थाबाट बाहिर निस्केर हामी प्रगतीको पथमा अघि बढ्नेछौँ ।"

उनले थपे,  "हाम्रो लागि सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न हामीले आयात गर्नु रहेको छ । आयातित खाद्यान्नमा निर्भर रहिरहनु परेको छ । हाइड्रोपावरमा हामी आत्मनिर्भर भएका छौँ  । एउटा बैंकर हुनुमा म गर्व गर्छु किनभने हामीले हाइड्रोपावरमा गरिने फाइनान्सीङ्गलाई प्राथमिता दियौँ ।"

बैंकिङ्ग सेक्टर अहिले निकै परिपक्व हुँदै आएको उनले बताए । उद्यमशिलतालाई बैंकहरूले प्राथमिकता दिनुपर्ने उनले बताए। कृषि क्षेत्रलाई प्राथमिकता दिएर कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर भएमा अर्थतन्त्रको अवस्था राम्रो हुने उनको तर्क छ ।

कार्यक्रममा बोल्दै उनले अहिलेको तरलता संकटलाई राष्ट्र बैंक, बैंकर्सहरू र सबै सरोकारवालाहरू मिलेर सम्बोधन गर्नुपर्ने बताए । विदेशबाट फण्ड ल्याउन आफूहरू लागिपरेको र त्यसमा राष्ट्र बैंक सहयोगी हुनुपर्नेमा उनले जोड दिए । 

"रेमिटेन्समा हामी बढी निर्भर छौँ । रेमिटेन्सको निर्मातालाई घटाउँदै निर्यातलाई बढाउन सकियो भने हाम्रो अर्थतन्त्र र्ट्याकमा आउनेछ । त्यसमा हामी सबैले योगदान गर्नु मैले आवश्यक देखेको छु ।", उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको