Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलकाे प्रयास

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, १४ : ०८ मा प्रकाशित

विद्यार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलकाे प्रयास

डिजी स्कूलले विद्यार्थीहरूलाई स्मार्ट सिटीकाे टेक्नाेलाेजीका बारेमा जानकारी दिने उदेश्यले एक कार्यक्रमकाे आयाेजना गरेकाे छ । पछिल्लाे समय विश्वमा बढ्दै गएकाे स्मार्ट सिटीकाे टेक्नोलोजीका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

२१औँ शताब्दीकाे युगमा विद्यार्थीहरू हरेक हिसाबले आफ्नाे दैनिकीमा समेत टेक्नोलोजीकाे प्रयाेग गर्नुपर्ने हुँदा यस्ताे कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई  नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हाे ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो। आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ।

कार्यक्रममा दशै एवं तिहारकाे अवसरमा आयाेजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किवाेर्ड, हेडफाेन, कप  लगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएकाे थियाे ।  सेप्टेम्बर १ देखि अक्टाेवर ९ सम्म भएकाे  प्रतियोगितामा काठमाडौं, पाेखरा, वुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विधार्थीहरू सहभागी रहेकाे आयाेजक डिजी स्कूलले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको