Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार दिनभरका समाचार एकै साथ (भिडियो)

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, २१ : २९ मा प्रकाशित

१. लक्ष्मी बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । बैंककाे आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

२. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पाैष २० गते, बुधबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा र जुमकाे माध्यमबाट एकसाथ सञ्चालन हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष १८ गते, साेमबार हाेटल इम्पेरियल, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. नेपाली सेयर बजार पुन: १८ सयकाे लाइनमा झरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ विन्दुमा झरेकाे छ । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २८ अंकले घटेर ३ सय ६७ दशमलव ३६ विन्दुमा झरेकाे छ । कूल २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

५. नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ५४ लाख ६५ हजार ८ सय ८७ जना पुगेकाे छ । जसमध्ये, ४५ लाख ५५ हजार ५ सय ९५ जना मेराे सेयरमा आवद्ध छन् । 

६. नेपाल राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएकाे छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न यही पाैष १ गतेदेखि कार्यारम्भ गर्ने गरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय भएको हाे । 

७. नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच साझेदारीको लागि सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरूको विकास गर्नको लागि सम्झौता भएको हो।

८. नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रा. लि. को इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कालीमाटी, काठमाडौं ठेगाना रहेको नेशनल मनी ट्रान्सफरको इजाजतपत्र रद्द गरेको हो । राष्ट्र बैंकले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र विभाग मै लिखित निवेदन दिन आग्रह गरेको छ ।

९. विवाहकाे सिजनमा सुनकाे भाउ दिनहुँ बढ्दाे क्रममा छ । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर एक लाख ५ सय रूपैयाँ पुगेकाे छ । चाँदीकाे मूल्य पनि ताेलामा १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको