Like us!
Follow us!
Connect us!
Watch us!

अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ०६ : ०५ मा प्रकाशित

अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा

अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । 

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो । सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । 

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे । अर्जेन्टिनाले ३४औं मिनेटमा पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औं मिनेटमा गोल गर्दै टोलीको अगता दोब्बर बनाए । उनले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै जाली चुमाउनुभएको थिए । 

त्यसपछि ६९औं मिनेटमा अल्भारेजले मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा लगे । उहाँले दोस्रो गोल मेस्सीको पासमा गर्नुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको