Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सीका लागि ऐतिहासिक दिन, तोडिया अन्तराष्ट्रिय उपाधिको खडेरी

अर्थ संसार

आइतबार, २७ असार २०७८, ०७ : ५९ मा प्रकाशित

मेस्सीका लागि ऐतिहासिक दिन, तोडिया अन्तराष्ट्रिय उपाधिको खडेरी

अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जिते संगै आजको दिन विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीका लागि ऐतिहासिक दिन बनेको छ भने उनको खेलजीवनमा अन्तराष्ट्रिय उपाधिको खडेरी पनि तोडिएको छ ।

अर्जेन्टिनाले ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा घरेलु टोली ब्राजिललाई १–० ले हराउँदै उपाधि जितेको हो । खेलको २३ औँ मिनेटमा एंगेल डी मारियाल गरेको गोल नै निर्णायक बनेको छ ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २०१५ र २०१६ मा कोपाको फाइनल खेलेको अर्जेन्टिना चिलीसँग पराजित रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको