Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, ०७ : २८ मा प्रकाशित

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।

समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्नुभयो ।

पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्किएको थियो । ६४औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो ।

त्यसपछि ८७औं मिनेटमा इन्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई जिताए । पहिलो हाफमा गोलको राम्रा अवसर गुमाएको मेक्सिकोले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन ।पहिलो जितसँगै तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको पोल्यान्डको चार अंक छ ।

शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हराएको थियो । तीन अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ । अन्तिममा रहेको मेक्सिकोको एक अंक छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको