Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री जोशीको अनुगमनमा कम्पनी रजिस्ट्रार गयल

शुक्रबार, २६ कार्तिक २०७३, ०९ : ४७ मा प्रकाशित

मन्त्री जोशीको अनुगमनमा कम्पनी रजिस्ट्रार गयल

अर्थ संसार
काठमाडौं–उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयबारे सेवाग्राहीको व्यापक गुनासो आएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले ती कार्यालयमा अनुगमन गरेका छन् ।
 
मन्त्री जोशी बिहीबार बिभाग र कार्यालय पुग्दा अधिकांश कार्यकक्ष खाली थिए । विभागका महानिर्देशक कार्यालय पुगेका थिए । कम्पनी रजिष्टार भने कार्यकक्षमा थिएनन् । 
 
विभाग र कार्यालयको अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री जोशीले जनताले सुशासन पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै सोही अनुसार मन्त्रालयसँग सम्बन्धित कार्यालयको अनुगमन गने बताए । उनले सेवाग्राहीले कुनै रोकतोक विना सेवा पाउनुपर्नेमा जोड दिँदै अनुगमनलाई निरन्तरता दिने बताए । 
 
उद्योग मन्त्रीले आफ्नो मन्त्रालयको कार्यसम्पादनलाई सही तवरले अगाडि बढाउन चाहेको भन्दै त्यस कार्यलाई सहयोग नगर्नेप्रति कारबाही गर्ने बताए । ‘कार्यसम्पादनमा इमान्दार नहुनेप्रति एक्सन लिन्छु’ उनले भने । 
 
मन्त्री जोशीसँग एडिबीका देशीय निर्देशको भेटवार्ता
 
यसैबीच उद्योग मन्त्री जोशीसँग नेपालका लागि एसियाली विकास बैंक(एडिबी)का देशीय निर्देशक किनीची योकोयामाले एडिबीको लगानीमा सञ्चालित आयोजनाको कार्यान्वयनका विषयमा छलफल गरेका छन् । 

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री जोशीले पछिल्लो समयमा उद्योग मन्त्रालय कार्यसम्पादनलाई प्राथमिकता दिएर अगाडि बढेको एडिबीका लगानीमा सञ्चालित योजना प्राथमिकताका साथ अगाडि बढ्ने बताए । 

आगामी फागुनको तेस्रो साता लगानी प्रबद्र्धन सम्मेलन गर्न लागिएको भन्दै मन्त्री जोशीले सम्मलेनभन्दा पहिले नै नीतिगत सुधारलाई सकाएर रोजगारी मुलुक उद्योगको प्रवद्र्धनलाई प्राथमिकता दिने बताए ।

त्यस अवसरमा देशीय निर्देशक योकोयामाले मन्त्रालयले अगाडि बढाएका योजनाले सफलता पाउने विश्वास व्यक्त गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको