Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक कार्यमा स्नातकोत्तर गर्न भर्ना खुल्यो, अनलाइनबाटै फारम भर्न सकिने

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १२ : ४६ मा प्रकाशित

सामाजिक कार्यमा स्नातकोत्तर गर्न भर्ना खुल्यो, अनलाइनबाटै फारम भर्न सकिने

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गर्न भर्ना खुलाएकाे छ ।सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले अनलाइनबाटै प्रवेश परिक्षाकाे आवेदन फाराम भर्न सक्नेछन् । 

कहाँबाट भर्ने आवेदन ?

मानविकी तथा सामाजिक शास्त्र सङ्कायकाे वेवसाइट www.tufohss.edu.np मा अङ्कित entrance.tufohss.edu.np मार्फत अनलाइन आवेदन भर्न सकिनेछ । 

क-कसले भर्न सक्नेछन् ?

३ वर्षे स्नातक कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नतिजा पर्खाइमा रहेका तथा ४ वर्ष स्नातक कार्यक्रम अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्ष उत्तीर्ण भई चौथो वर्षको नतिजा पर्खाइमा रहेका परीक्षार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन् । तर भर्ना हुँदा भने स्नातक तह उत्तीर्ण भएको शैक्षिक प्रमाण पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

कहिलेसम्म भर्ने आवेदन ?

इच्छुक विद्यार्थीले माघ १० गते रातको १२:०० बजेसम्म आवेदन भर्न सक्नेछन् । दाेब्बर शुल्क तिरेर भने माघ ११ गतेदेखि १७ गते रातको १२:०० बजेसम्म आवेदन भर्न सकिनेछ ।

शुल्क कति ?

आवेदन दस्तुर १५०० रूपैयाँ ताेकिएकाे छ । विलम्ब दस्तुर भनेेे ३००० रूपैयाँ लाग्नेछ । आवेदकहरूले डीन कार्यालयको खाता नं. ८४५००१०००९९०४५०००००१ मा Online मार्फत आवेदन दस्तुर जम्मा गर्नुपर्नेछ । जम्मा भएको दस्तुर फिर्ता नहुने डीन कार्यालयले जनाएकाे छ ।

सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गर्नका लागि प्रवेश परिक्षा माघ २७ गते हुनेछ । परिक्षा केन्द्र सम्बन्धी सूचना भने www.tufohss.edu.np मा नै पछि प्रकाशित गरिनेछ । 

त्यसैगरी, सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले यस सम्बन्धी सम्पूर्ण सूचना र जानकारी सामाजिक कार्य विभागकाे आधिकारिक फेसबूक पेज (Department of Social Work, DSW TU) बाट पनि लिन सक्नेछन् ।

भर्ना खुलेकाे सूचना यस प्रकारकाे छ :

 

63b3d6ac8df20.jpg 63b3d6b46734a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको