Like us!
Follow us!
Connect us!
Watch us!

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १५ : ५८ मा प्रकाशित

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवद्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट आफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको