Like us!
Follow us!
Connect us!
Watch us!

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १७ : ४१ मा प्रकाशित

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट

स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरेको छ । जसअन्तर्गत  बिगमार्टमा  फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् । 

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा  स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका  विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको