Like us!
Follow us!
Connect us!
Watch us!

१२.२८ प्रतिशतले घट्यो सनराइज बैंकको नाफा, ईपीएस पनि घट्याे

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १२ : ०८ मा प्रकाशित

१२.२८ प्रतिशतले घट्यो सनराइज बैंकको नाफा, ईपीएस पनि घट्याे

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ६५ करोड ३९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ७४ करोड ५५ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ५९.३० प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५७ लाख ३५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ८३ करोड ३ लाख ६७ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १२.९२ प्रतिशतले घटेर ९२ करोड ६० लाख ४६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ६ करोड ३४ लाख ९७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षकाे यसै अवधिमा बैंककाे ववितरणयाेग्य मुनाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको थियाे ।

 चुक्ता पूँजी

बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

बैंककाे जगेडा कोषमा ७ अर्ब १२ करोड २७ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

ईपीएस

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ७४ पैसाबाट घटेर अहिले १२ रुपैयाँ ९३ पैसामा झरेको छ । 

नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २३ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको