Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंककाे एकीकृत कारोबार सुरु, २० अर्ब नाघ्याे चुक्ता पूँजी

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १० : ४० मा प्रकाशित

लक्ष्मी सनराइज बैंककाे एकीकृत कारोबार सुरु, २० अर्ब नाघ्याे चुक्ता पूँजी

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएर आज असार २९ गते, शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकलाई एकीकृत कारोबार सुरू गर्न नेपाल राष्ट्र बैंकले असार २२ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिएकाे थियाे । 

मर्जर पश्चात् अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै बैंक १:१ काे सेयर स्वाप रेसियाेमा मर्ज भएका हुन् । 

हाल लक्ष्मी बैंक लिमिटेडको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंक लिमिटेडको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेकाे छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको