Like us!
Follow us!
Connect us!
Watch us!

पाेखरामा टायमलेस लक्जरी सर्भिस अपार्टमेन्ट सुरू गर्दै अथिती ग्रुप, यस्ता छन् विशेषता

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १३ : १४ मा प्रकाशित

पाेखरामा टायमलेस लक्जरी सर्भिस अपार्टमेन्ट सुरू गर्दै अथिती ग्रुप, यस्ता छन् विशेषता

विगत २५ वर्षदेखि नेपालभर घरजग्गा तथा हस्पिटालिटी सेवा दिँदै आएको ‘अथिती ग्रुप’ ले पोखरामा टायमलेस लक्जरी सर्भिस अपार्टमेन्ट सुरु गर्ने भएको छ। 

पोखरा महानगरपालिका वडा नं २३ लेक साइडमा ग्रीन हिल र फेवातालको बीचमा अवस्थित अपार्टमेन्टबाट फेवाताल र ग्रीन हिलको मनोरम दृश्यको आनन्द लिन सकिन्छ। 

४९ लक्जरी अपार्टमेन्ट सहितको Athiti Suites अपार्टमेन्टमा पोखरामा हुँदा आफ्नो प्रयोजनको प्रयोग गर्न सकिन्छ भने पोखरा बाट टाढा हुँदा अपार्टमेन्टलाई भाडामा लगाएर अप्रत्यक्ष आम्दानी गर्न सकिन्छ, जसको व्यवस्थापन अपार्टमेन्टको व्यवस्थापकले गर्नेछ। 

अथित्यता र रियल स्टेटमा लामो समय देखि काम गर्दै आएको अथिती ग्रुप विगत १५ वर्ष देखि अथित्यता सेवा प्रदान गर्दै आइरहेको छ। दुबई, थाइल्याण्ड, माल्दिभस, अमेरिका जस्ता विभिन्न पर्यटकीय गन्तव्यका राष्ट्रहरूमा यस अवधारणाका अपार्टमेन्टहरु संचालित छन्, अथिती ग्रुपले नेपालमा यो सफल अवधारणा नेपालमा सुरुवात गर्न लागेको हो। 

अपार्टमेन्ट पर्यटकीय नगर पोखरामा अन्य समयमा प्यासिभ आम्दानी गर्न सकिने आरामदायी होलिडे होम हुनेछ, ब्यवस्थापन सहितको अपार्टमेन्ट लामो समय सम्म बस्नेहरुको लागि आरामदायी सेवा सुविधा सहितको जीवनशैली बन्नेछ भने अपार्टमेन्ट खरिदकर्ता अपार्टमेन्टको व्यवस्थान बाट झन्झट मुक्त हुनेछन्, अपार्टमेन्ट सरसफाई र व्यवस्थापन अपार्टमेन्ट व्यवस्थापकले आफै गर्नेछन । 

कम्पनीले अपार्टमेन्टमा लगानी गर्न इच्छुकको लागि लगानीको अवसर खुल्ला गरेको छ। कम्पनीले खुल्ला गरेको सेगमेन्ट:

 1. Regular Buy (For self-purpose) 

2. Purchase & Leaseback. (For Investment Purposes) 

 विश्वका चर्चित पर्यटकीय राष्ट्रहरूले वर्षौ देखि अबलम्बन गर्दै आएका कन्सेप्टमा अथिती ग्रुपले पोखरामा सञ्चालन गर्न लागेकाे टायमलेस लक्जरी सर्भिस अपार्टमेन्टको विशेषताहरु: 

 Location:-Street No.23 Lakeside, Pokhara

 Developed By:-Atithi Group

 Design & Archi. By :- Design Cell 

Construction By:-Spark Construction

 Land Area:-5 ropani

 Apartments :- 49 units

 Apartment Floors:- G+8 

Project Status:-Civil work completed Working on finishing work

Project Complention:-Oct 2023

 Apartments Types:- 1 BHK 2 BHK 3 BHK &Penthouse. 

अपार्टमेन्टको खरिद तथा लिज प्रकृया: ( लगानीको मोडल)

अपार्टमेन्टमा लगानी गर्ने लगानीकर्ता र सर्भिस अपरेटर बीच अपार्टमेन्ट लागि १० वर्षको समझौता हुनेछ जहाँ लालपुर्जा खरिद कर्ताले प्राप्त गर्नेछन्। समझौता १० वर्षको लागि हुने हुँदा १० वर्षको अवधिपछि खरिदकर्ताले इच्छायमा समझौता रद्ध वा नवीकरण गर्न सक्नेछन् ।

आफूले खरिद गरेको अपार्टमेन्टलाई खरिदकर्ताले अपार्टमेन्ट अपरेटरलाई भाडामा उपलब्ध गराउनेछन जसलाई अपरेटरले ५ तारे स्तरको होटलको रूपमा सञ्चालन गरी मुनाफा आम्दानी गर्नेछ। अपार्टमेन्ट अपरेटरले कमाएको आम्दानीमा खरिदकर्ताले pro-rata आम्दानी वितरणको आधारमा ६० प्रतिशत प्राप्त गर्ने छन भने बाँकी ४० प्रतिशत सञ्चालन लागत, व्यवस्थापनमा हुने खर्चको रूपमा सर्भिस अपरेटरले लिनेछ। 

के छन् र त यो लगानी मोडेलको अपार्टमेन्टमा लगानी गर्नुको फाइदाहरु : 

- लगानी मैत्री हुन्छ

- वार्षिक रूपमा प्यसिभ इन्कम( अप्रत्यक्ष आय ) आम्दानी गर्न सकिन्छ 

- पोखरामा रहदाँ १ महिनासम्म निःशुल्क बसाइँ आनन्द लिन सकिन्छ

- अपार्टमेन्ट अपरेटरले अपार्टमेन्टको सम्पूर्ण व्यवस्थापन गर्ने हुँदा व्यवस्थापनको खरिदकर्ताले कुनै किसिमको  चिन्ता लिनु पर्दैन

- खरिदकर्ताले सामुदायिक खर्च (Community Expenses) र अन्य खर्च तिर्नु पर्दैन 

- सम्झौता १० वर्ष अवधिको लागि हुने हुँदा १० वर्षको अवधि पछि सम्झौता नवीकरण वा रद्द गर्न सकिन्छ 

- पर्यटकीय नगरी पोखरामा अन्य प्रतिस्पर्धी नभएको र विकासको प्रचुर सम्भावनाको फाइदा लिन सकिने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। 

कसरी हुन्छ त मुनाफा बाँडफाँड ?

अपार्टमेन्टमा लगानी गर्ने लगानीकर्ताका बीच मुनाफा वा आम्दानी वार्षिक रूपमा प्रो राटा (pro-rata) विधिको आधारमा वितरण गरिन्छ । प्रो राटा विधि जम्मा लगानी र गरेको लगानीको अनुपातमा लगानीको मुनाफा वितरण गर्ने प्रक्रिया हो। Pro-Rata वितरण पद्धतिको मुनाफा वितरणका आधारमा उच्च लगानीबाट उच्च प्रतिफल प्राप्त गर्नसक्छन्।व्यवस्थापकले मुनाफा वितरण प्रक्रियामा सबै अपार्टमेन्टलाई एकै ठाउँमा राख्नेछ र लगानीको आधारमा आम्दानी वितरण गर्नेछन। अपार्टमेन्ट खाली रहेको खण्डमा पनि सबै अपार्टमेन्टलाई एकै पुलमा राखेर मुनाफा वितरण गरिने हुँदा,  pro - rata विधिबाट आफ्नो लगानीमात्रको आधारमा मुनाफा वितरण गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले सबै लेनदेन पारदर्शी रहने छ जसलाई खरिदकर्ताले कम्पनीले प्रदान गर्ने सफ्टवेरबाट वित्तीय रिपोर्ट र लेनदेनको विवरण प्राप्त गर्न सक्छन् । 

 

अपार्टमेन्टका विशेषताहरु : 

• Luxury, safety & most sought-after location in the city.

• Nepal's biggest roof-top infinity swimming pool and bar.

• Centralized smart gas pipeline system for the kitchen.

• Wrap-private balcony with Phewa lake & jungle view.

• Investment-friendly project.

• In-house grocery, conference hall, and fine dining restaurant

• 24 hrs housekeeping and maintenance service.

• Gym and health club, spa & community area, temple area. 

• Spacious and adequate basement parking.

 

63d38343bea59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको