खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्डबाहेकका १९ वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ मात्र थियो।
यो अवधिमा १२ वटा बैंकको यस्तो सम्पत्ति बढेको छ भने ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकसहित ७ वटाले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्। यो अवधिमा प्राइम कमर्सियल र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्तिमा उच्च वृद्धि देखिएको छ।
चालु आर्थिक वर्षको वैशाखसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा थुप्रिएको छ। गत वर्षको तुलनामा १८.०९ प्रतिशतले वृद्धि भई यस बैंकमा ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति जम्मा भएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकमा ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । यो गत वर्षभन्दा ०.९४ प्रतिशतले कम हो। तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकमा भने अघिल्लो वर्षको भन्दा ११०.८६ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। अर्कोतर्फ, नेपाल बैंकमा सबैभन्दा कम २३ करोड ३६ लाख रुपैयाँ बराबरको मात्र गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत वर्षको तुलनामा १४.४७ प्रतिशतको बढी हो।
कुन बैंकमा कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस