Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारमा भेडा प्रवित्ति (Herd Mentality) र स्मार्ट मनि (Smart Money)

अर्थ संसार

शनिबार, २१ माघ २०७९, १८ : ०३ मा प्रकाशित

पूँजीबजारमा भेडा प्रवित्ति (Herd Mentality) र स्मार्ट मनि (Smart Money)

भेडा प्रवित्ति (Herd Mentality) के  हो?

आफ्नो स्वविवेक र विश्लेषण प्रयोग  प्रयोग नगरी भिडको सोच बिचार र कामबाट चाडै प्रभावित भएर त्यसलाई पछ्याउने लहड नै भेडा प्रवृति हो ! यो प्रवित्ति अधिकांस क्षेत्रमा हुन्छ , जस्तो : राजनीति, खेल, फिल्मी, पूँजीबजार आदि !

भेडा प्रवृतिको सबैभन्दा राम्रो उदाहरण चाहिं पूँजीबजारमा देख्न सकिन्छ ! अध्ययन र विश्लेषण गर्नुभन्दा अरुलाई पछ्याउन हामीलाई सजिलो लाग्छ ! सामाजिक संजाल र संचार माध्याममा आएका कसैको विचारबाट प्रभावित हुने र उसले भनेका सबै कुरा सहि नै हुन्छन भन्ने मानसिकताले यसमा झनै बढावा दिएको छ ! एकैपटक ठुलो भिडले उही कुरा लाई बिस्वास गरेर किनबेच गर्दा बजार irrational बनाउँछ र  बजारमा bubble र crash हुने सम्भावना हुन्छ !   
 
भेडा प्रवित्तिमा आफू नलागे पनि यसलाई बुझ्न चाहिं जरुरि छ जसले गर्दा फरक तरिकाले सोच्ने बानी बस्दछ ! कुनै पनि कुरालाई ठूलो मास वा भिडले पछ्याउछ भने त्यसले कुनै पनि बेला गल्ति गर्न सक्ने सम्भावना धेरै हुन्छ ! भिडमा भेडा प्रवृति हुन्छ धेरै थरिको बिचारको खिचडी हुन्छ जसको कुनै गन्तव्य पनि हुदैन !

Herd Mentality ले बजारलाई कसरी प्रभावित बनाउछ ?

जब बजार Bullish Trend मा हुन्छ त्यो बेला अधिकाँसले बजारको बढदो ट्रेन्ड लाई नै फलो गरिरहेका  हुन्छन र यो स्वभाविक पनि हो ! बजार बढ्छ भन्ने भिडको मानसिकता बिस्तारै बिस्तारै बढ्दै जान्छ ! जब सबैले बढ्छ भनेर किन्दैछन् भने बजार बढ्छ नै ! यस्तो समय आउछ  अब यो भिडको स्वभाब भेडा प्रवित्ति हुन थाल्छ ! उनीहरुले बजार घट्नसक्छ भन्ने सुन्न नै चाहदैनन् ! जसले बजारलाई नजिक बाट नियालिरहेका छन उनीहरुलाई यो बढाई अस्वाभाविक लाग्न थाल्छ र बजारमा bubble बन्दा पनि रोकिने लक्ष्यण देखाउदैन ! जति बजार बढ्दै जान्छ भिडमा झन् भन्दा झन् Bullish सोच हाबी हुन्छ !

सबैको मानसिकता बुलिश छ भने यो हो कि सबैले किनेर बसेका छन् ! कसैले बेचेर बसेको छ भने उ बुलिश हुनै सक्दैन ! घट्छ भन्ने लागेर त बेचेर बसेको थियो ! अब सबैले किनेर bullish mindset लिएर बसेका छन् भने बजारलाई माथि लैजान किन्ने कसले? बजार माथि नै हुदा अझै माथि लैजान त पहिलेको भन्दा धेरै पैसा पनि चाहिन्छ ! भिडले यो कुरा बुझ्दैन भेडा प्रवृतिमा दिमाग र सोचाइ एकोहोरो हुन्छ कारण थाहा छैन तर बजार बढछ नै भन्ने हुन्छ !

Bearish बजारमा पनि हुने यही हो ! सामाजिक संजाल र जताततै अब बजार घट्ने नै हो भन्दै बटम धेरै तल भन्ने सुनिन्छ र यो भन्नेको भिड बढ्दै जान्छ ! Profit booking ले केहि घटेको बजार देखेर आत्तिने भिड बिस्तारै बढ्दै जान्छ ! कतिसम्म घट्नु पर्ने हो अहिले घट्नुको आधार के हो भन्ने उनीहरुलाई मतलब हुदैन पहिले बुलिश भएर बसेका सबैले एकैपटक बियरिश भएर बेच्न थालेपछि झन् भन्दा झनै घट्न थाल्छ ! अब अधिकांसले बेचेर सेयर छरिसकेको छ भने अझै बजार घट्नलाई बेच्न को बाकि रहयो ? बेचेकाले त किन्ने अवसर  नै हेर्ने हो ! त्यसैले त बजारको Top and Bottom एकिनका साथ भन्न सकिन्न ! प्राबिधिक विश्लेषक हरुले पनि Price and Volume को behaviour हेरेर र पहिलेको history मा बजारको चाललाई लिएर आंकलन मात्र गर्ने हो। 

Smart Money के हो ?

Herd mentality को फाइदा जहिले पनि smart money ले लिनेगर्छ ! भेडा प्रवृतिको सोचाइ एकतर्फी हुन्छ भने smart money को सोच र विश्लेषण बहुआयामिक हुने गर्छ ! Herd mentality ले जे सोचिरहेका छन् त्यो भन्दा फरक सोच्न सक्नु, बुल भित्र बियर र बियर भित्र बुल देख्न प्रयास गर्नु smart money को खुबी हो ! Contrarian investing पनि यस्तो Trading strategy हो जसले भिडबाट आफुलाई पर राख्न सक्छ ! कुनै एक समय त smart money पनि भिड संगै हुन्छ तर उसलाई आफ्नो गन्तब्य थाहा हुन्छ ! जब भिड झन् भन्दा झन् बढ्दै जान्छ अनि smart money ले कुन बेला आफ्नो साथ छोड्यो भिडले पत्तो पाउदैन ! जब भिडले यो कुरा थाहा पाउछ  र भिडले पनि smart money को बाटो तिर जान थाल्छ त्यो बेला smart money ले बाटो बदलिसकेको हुन्छ ! अर्थात Herd money ले किन्दै छ भने smart money ले बेचिरहेको हुन्छ भने Herd money ले बेच्दै छ भने smart money ले किनिरहेको हुन्छ ! भिड जहिले स्मार्ट मनि संग हिड्न कोसिस गर्छ तर स्मार्ट मनि यो चाहदैन ! 

Contrarian Investing लाई राम्रो अनुशरण गर्नेमा विश्वका सबैभन्दा सफल लगानीकर्ता Warren Buffet पनि एक  हुन् ! त्यसैले त उनले भनेका छन् “अरु डराउँदा तिमी लोभी हुनु र अरु लोभी हुदा तिमी डराउनु”

जतिजति देशको परिस्थिति र आर्थिक अबस्था बिग्रदै गएको हुन्छ Contrarian Investing ले त्यो बेला आफ्नो लगानीको समय आयो कि भनेर चनाखो हुन्छ भने सबै कुरा ठिक छन् भने अब आफ्नो लगानी निकाल्ने बेला आयो कि भनेर सोच्न थाल्छ ! सस्तोमा पाउने सबै कुरा बजारको बिरुद्धमा भएका बेलामा नै हो ! सबै बजार मैत्री छन् भने त Top मा पनि पर्न सकिन्छ !

लगानीको उत्तम समय को बारेमा एउटा चर्चित भनाई नै छ:
“Buy When there is the blood in the street even the blood is your own”

अर्थात त्यो बेला लगानी गर जब बाहिर सडकमा रक्तपात भैरहेको छ चाहे त्यो रगत तिम्रो किन नहोस !

वारेन बफेट पनि लगानी को उत्तम समय को बारेमा भन्छन
“The best chance to deploy capital is when things are going down”
अर्थात अब सबै कुरा सकियो जस्तो लाग्छ भने लगानी गर्ने समय आयो है भनेर सम्झनु पर्छ !

यदि Timing को सहि आंकलन गर्न सकिदैन भने Contrarian Investing सफल नहुन पनि सक्छ !

Smart Money र Herd Mentality को लगानी रणनीतिमा के फरक छ?

Smart Money भन्ने बितिकै हाम्रो सोचाई जहिले ठूलो पैसा नै हो भन्ने दिमागमा आउछ ! यसको लागि ठूलो पैसा नै चाहिन्छ भन्ने हुदैन ! Smart Money ले जहिल्यै गहिरो अध्यन गरेको हुन्छ ! उसको लगानी अलि लामो समयको लागि हुन्छ ! एउटैमा भन्दा पनि विभिन्न क्षेत्रहरुमा आफ्नो लगानी विविधिकरण गरेको हुन्छ ! भित्रि सूचना र Contrarian approach लाई लिएर आफ्नो Timing मिलाएर ठिक समयमा बजारमा छिर्न र निस्कन सक्ने खुबी हुन्छ ! एउटा कुनै  सेक्टरमा बियर  आउदा अर्को कुन क्षेत्रमा बुल आउँछ भन्ने राम्रो जानकार हुन्छ र यहि अनुसार Smart money ले एक ठाउँबाट अर्को ठाउँमा लगानी सारिरहेको हुन्छ !

Smart money ले जहिले पनि Herd mentality भएकालाई प्रभावमा पारेर त्यो पैसा आफूतिर तान्ने नै हो ! उनीहरु बजारका अनुभवी र जानकार लगानीकर्ता भएकोले बजारको लागि  Leading indicator पनि हुन् ! बजारको undervalue र overvalue को पहिलो संकेत नै Smart Money ले दिने गर्दछ !  बिस्तारै उनीहरको strategy बाहिर आउन थाल्छ अनि Herd Behavior ले त्यसलाई पछ्याउने गर्छ जसले गर्दा बुलिश र बियरिश लामो समय को लागि रहने गर्छ !

Smart Money ले भिडलाई प्रभावित पार्न विभिन्न फंडा लिएर आईरहन्छ र भिडले पत्याईदिन्छ ! बिभिन्न Online News Portal, Social Media, TV, Youtube बाट Manipulation News पनि आउन थाल्छ ! Government Policy परिवर्तनमा समेत उनीहरुको प्रभाव हुन्छ ! भोलि आउन सक्ने समाचारहरु पनि उनीहरुको लागि हिजै बासी  भैसकेको हुन्छ ! Market Information मा राम्रो चलखेल गर्न सक्ने हुन्छन ! Herd Mentality ले Smart Money लगानी रणनीति बुझ्नुको साटो उनीहरुलाई गाली मात्र गरिहेको हुन्छ भने स्मार्ट मनि ले त्यो गालीमा अवसर देखिरहेको हुन्छ !

यदि  भिडले गलत सूचना दिएर Manipulation गर्यो भन्ने smart money ले थाहा पाउछ अर्को पटक उसले सहि नै समाचार दिन्छ तर भिडले पहिले जस्तै झुक्याउन खोज्यो भन्ने ठानेर बजारमा ठिक उल्टो प्रतिकृया गर्न थाल्छन ! भिड यो पटक आफु बाठो भएको सम्झन्छ तर वास्तविकता Smart Money लाई मात्र थाहा हुन्छ !

जब प्राविधिक विश्लेषणका आधारमा कारोबार गर्ने कारोबारीहरुको भिड देखिन थाल्छ तब त्यो भिडलाई पनि असफल बनाउन Smart Money सफल हुन्छ ! प्राविधिक विश्लेषक Market Followers हुन् भने Smart Money चाहिं  Market Makers हुन् ! जब TA हरुले र ठूलो  जमातले  Support and Resistance लिएर बसेका हुन्छन तब केहि समयको लागि ति सबै Psychological Support and Resistance भत्काएर (Fake Breakout गरेर) बजारको भिडलाई प्रभावित पार्न सक्ने क्षमता स्मार्ट मनीसंग हुन्छ  र त्यसको अवसर आफूले लिने गर्छ !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको