Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ०६ : ५० मा प्रकाशित

नेपाल लाईफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा उल्लेख्य सुधार आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३७ प्रतिशतले बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १.५९ प्रतिशतले बढेर १८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ अर्ब ५० अर्ब ८५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको