Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १० : ०२ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न चाहने सेयरधनीका लागि माघ ९ गते, बुधबार अन्तिम मौका हुनेछ। कम्पनीले साधारण सभा र लाभांश वितरणको तयारी स्वरूप माघ १० गते (भोली) बुकक्लोज गर्ने निर्णय गरेको छ।

यसका आधारमा, माघ ९ गतेसम्म नेप्सेमा कारोबार गरिसकेका सेयरधनीहरूले कम्पनीको २५औँ वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य ठहरिनेछन्।

कम्पनीको वार्षिक साधारण सभा माघ २८ गते बिहान ९ बजे होटल भिष्वा, वीरगंजमा आयोजना हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सदस्यहरूको निर्वाचन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको