Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि हुँदा ईपीएसमा सुधार

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, ०८ : ३१ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि हुँदा ईपीएसमा सुधार

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा
नेपाल लाइफ इन्स्योरेन्सले ३०.८१ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले गत वर्षको असार अन्तिम सम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तेस्तै ,कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। 

बीमा शुल्क आर्जन
असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । यो ९.९२ प्रतिशतको वृद्धि हो।

प्रति सेयर आम्दानी
६ रुपैयाँ २६ पैसा( १ रुपैयाँ ४७ पैसा बढयो)

मूल्य आम्दानी अनुपात
९८.९९ गुणा

प्रति सेयर नेटवर्थ
१२९ रुपैयाँ ११ पैसा

चुक्ता पूँजी
८ अर्ब २० करोड रुपैयाँ

महाविपत्ती कोष
१ अर्ब ९ करोड रुपैयाँ

रिटेन्ड अर्निङ्ग
५ अर्ब २८ करोड रुपैयाँ

अन्य इक्विटी
७६ करोड १५ लाख रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको