Like us!
Follow us!
Connect us!
Watch us!

१०२ प्रतिशतले बढ्यो सानिमा जिआर्ईसी इन्स्योरेन्सको खुद मुनाफा

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०७ : ३४ मा प्रकाशित

१०२ प्रतिशतले बढ्यो सानिमा जिआर्ईसी इन्स्योरेन्सको खुद मुनाफा

सानिमा जिआर्ईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा बृद्धि आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १०२.२८ प्रतिशतले बढेर ११ करोड ७४ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको खुद बीमा शुल्क पनि ६१.६३ प्रतिशतले बढेर २३ करोड ९५ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा २६ करोड ३२ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ३४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको